तुलसीपुर,२५ अशोज ।
बिगत १० बर्ष देखि निकै कस्टकर जिवन बिताईरहेका
दाङको तुलसीपुरका एकै घरका चार जना दृष्टिबिहिन परिवारलाई दशैको अबसरमा अमेरिका बाट थप ५० हजार सहयोग प्राप्त भएको छ ।
रिपोर्टस कल्ब दाङको सरक्षणमा तुलसीपुरमा बस्दै आएका चार जना दृष्टिबिहिन परिवार लाई सोमबार तुलसीपुर ९ बेलुवा निवासि समाजसेवि भोजराज भण्डारी र आामा अनितादेबि भण्डारीले अमेरिका बाट पठाएको नगद ५० हजार रुपैयाँ उनका छोरा दिपक भण्डारीले साेमबार उनिहरूलाई हस्तान्तरण गरेका हुन ।
बडा दशैको अबसरमा रिपोर्टस क्लबका अध्यक्ष शरद रेग्मीको उपस्थितमा सोमबार साझ दृश्टिबिहिन गणेश र आमा रुपा गन्रधर्वकाे घरमै पुगेर भण्डारि परिवारले सो रकम हस्तान्त्रण गरेका थिए ।
सो अबसरमा दृश्टिबिहिन गणेश गन्धर्वले रिपोर्टस क्लबले बिगत १० बर्षदेखि निरन्तर दशैको अबससरमा आफुहरुलाई सहयोग गर्ने गरेको भन्दै दशैको अबसरमा अमेरिका बाट सहयोग गर्ने सहयोगीहरुप्रति आभार प्रकट गरे ।
यस अघि आईतबार रिपोर्टस क्लबको समन्वयमा गन्धर्ब परिवारको घरमै पुगेर खाधान्न सहित नगद रकम उपलब्ध गराइएको थियो ।
केहि नगद रकम र खाधान्न घरमै पाएका गन्धर्ब परिवारले दशै आएको अनुभुति गरेको भन्दै खुसिले प्रफुल्ल भएर दशै बिशेष गित समेत प्रस्तुत गरेका थिए ।






