काठमाण्डाै,२४ असाेज । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने भएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोपपछि हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने तयारी गरेका हुन् । उनलेे आफ्नै विवेकले राजीनामा दिने निर्णयमा पुगेको बताए ।
मन्त्रिपरिषद्लाई पूर्णता दिने क्रममा शुक्रबार प्रधानमन्त्री देउवाले गैरसांसद हमाललाई उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रीकाे जिम्मेवारी दिएका थिए । हमाल प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको भन्दै तीव्र आलोचना भइरहेको छ ।






