कपिलवस्तु,२१ असाेज ।
कपिलवस्तुको गोरुसिंगे जंगलमा गोली प्रहार गरी आठ लाख रुपैयाँ लुटिएको छ ।
बिहीबार दिउँसो ३ बजे कपिलवस्तु जिल्लाकाे बुद्धभूमि नगरपालिका- १० स्थित गाेरूसंगे जंगलमा मोटरसाइकलमा आएका दुई जनाले मायादेवी- ४ चाकरचौडाका रामरक्षा जयसवाल सवार कारमाथि गोली प्रहार गरी आठ लाख रुपैयाँ लुटेकाे कपिलवस्तु प्रहरीले जनाएको छ ।
गोली प्रहारबाट प्र-३-०१-२३च ८०८९ नम्बरको कारमा सामान्य क्षति पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए ।






