दाङ,४ भदौ ।
लुम्बिनी प्रदेश सरकारको अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत
भएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बिहीबार बसेकाे प्रदेश मन्त्रीपरिषद बैठकले अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।
बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पेश गरेको अस्थायी संगठन संरचना आर्थिक वर्ष २०८३/०८४ को प्रथम चौमासिकका लागि स्वीकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेले जानकारी दिए ।
यस्तै बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको नयाँ तलबमान तथा प्रोत्साहन भत्ताको रकम कायम गर्ने निर्णयसमेत गरेको प्रवक्ता घिमिरेले बताए ।







