बुटवल,५ भदौ ।
रुपन्देहीको बुटवल उप–महानगरपालिका वडा नं. ३ स्थित गोलपार्कमा जुवा तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा जिल्ला रुपन्देही देवदह नगरपालिका वडा नं. ५ बस्ने वर्ष ३४ को आकाश गुरुङ,जिल्ला गुल्मि दरवार गाँउपालिका वडा नं. ४ बस्ने वर्ष ३८ को बिर बहादुर कार्की,जिल्ला गुल्मि रेसुङगा नगरपालिका वडा नं. ८ बस्ने वर्ष ४४ को राज श्रेष्ठ,जिल्ला रुपन्देही बुटवल उप–महानगरपालिका वडा न.३ बस्ने वर्ष ५६ को देव शाही,जिल्ला रुपन्देही बुटवल उप–महानगर पालिका वडा नं.८ बस्ने वर्ष ५३ को पदम कुवर,जिल्ला रुपन्देही बुटवल उप–महानगर पालिका वडा नं.८ बस्ने वर्ष ७२ को गणेश बहादुर कार्की,जिल्ला गुल्मी चन्द्रकोट गाँउपालिका वडा नं. ८ बस्ने वर्ष ३५ को लक्ष्मण महत,जिल्ला पाल्पा रिब्दीकोट गाँउपालिका वडा नं. ५ बस्ने वर्ष ४९ को कृष्ण थापा,जिल्ला रुपन्देही बुटवल उप–महानगरपालिका वडा न.१० बस्ने वर्ष ४२ को नेत्र पोख्रेल रहेका छन् ।

उनिहरुको साथबाट नगद एक लाख ३२ हजार छ सय ८५ रुपयाँ र ८ थान तासको गड्डी बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

बुटवल उप–महानगरपालिका वडा नं. ३ स्थित गोलपार्कमा जुवा तास खेलिरहेका छन भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले बिहीबार अपरान्ह ४.२५ बजे उनिहरुलाई पक्राउ गरी सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।