बुटवल,२१ असाेज ।
मुलुकमा जातीय सद्भाव तथा सहिष्णुता कायम गर्ने कार्यमा क्षेत्री समुदायको महत्त्वपूर्ण याेगदान रहेकाे क्षेत्री समुदायका अगुवाहरूले बताएका छन् ।

क्षेत्री समाज नेपाल रूपन्देहीद्वारा बिहीबार बुटवलमा आयाेजित क्षेत्री दिवस २०७८ एवं बिजया दशमी तथा दिपावलीकाे शुभकामना आदानप्रदान कार्यक्रममा बाेल्दै क्षेत्री समाजका अगुवाहरूले उक्त कुरा बताएका हुन् ।

राज्यको पुनर्संरचना र संविधान निर्माणमा क्षेत्री समाजले खेलेको भुमिका महत्त्वपूर्ण रहेको भन्दै उनिहरूले क्षेत्री समुदायको आन्दोलनकै कारण मुलुक जातीय तथा क्षेत्रीय आधारमा संघीयमा जानबाट राेक्न सफल भएको स्मरण गरे ।

जातीय सद्भाव र सहिस्णुता कायम गर्ने कार्यमा क्षेत्री समाजकाे भुमिका महत्त्वपूर्ण रहेको भन्दै उनिहरूले पछाडि परेका क्षेत्री समुदाय मानिसहरूकाे जिवनस्तर माथि उठाउने कार्यमा पनि क्षेत्री समाज लाग्नुपर्नेमा जाेड दिए ।

‌क्षेत्री समाज नेपाल रूपन्देहीका अध्यक्ष गुप्त बहादुर केसीको सभापतित्व र समाजका केन्द्रीय उपाध्यक्ष बिष्णु बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल प्राध्यापक संघका केन्द्रीय अध्यक्ष प्रा डा बुद्ध बहादुर थापा,क्षेत्री समाजका केन्द्रीय सदस्यद्वय लेखबहादुर कार्की र नुमा थापा,पुर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, नेपाल ट्रक यातायात व्यवसायी महासंघका पुर्व अध्यक्ष अर्जुन रानाभाट ,बुटवल उपमहानगरपालिका वडा नं ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री,समाजका सल्लाहकारहरू सेरबहादुर गाैतम,समुन्द्र जिसी,पुर्व अध्यक्ष ओम बहादुर गाेदार,पश्चिमाञ्चल यातायात व्यवसायी संघ (ट्रक ) का बरिस्ठ उपाध्यक्ष प्रताप बहादुर कार्की,नेपाल मगर संघका अध्यक्ष थर्कबहादुर बारघरे,दलित संघका अध्यक्ष रबी बिक,समाजका बुटवल नगर अध्यक्ष कुलबहादुर केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेको समाजका जिल्ला सचिव नारायण रायमाझीले जानकारी दिए ।