बुटवल,२० असाेज ।
लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको आर्थिक बर्ष २०७८/०७९ काे बजेट सर्वसम्मतिले पारित भएको छ ।
प्रतिपक्षी दल नेकपा एमालेकाे बहिषकारकाबीच आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले आर्थिक बर्ष २०७८/०७९ का लागि पेश गरेको बजेट प्रदेश सभाबाट सर्वसम्मतिले पारित गरेकाे हो ।
प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री खड्काले प्रतिस्थापन विधेयकमार्फत् ४० अर्व ९५ करोड ९७ लाख रुपैयाँको संसाेधित बजेट पेश गरेका थिए ।
कूल बजेटमध्ये चालुखर्च तर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार रुपैयाँ र पूजीगत खर्चतर्फ २२ करोड ४७ करोड १५ लाख रुपैयाँ रहेको छ। प्रतिशतका आधारमा कुल बजेटको ३३.३१ प्रतिशत चालु खर्चतर्फ र ५४.८७ प्रतिशत पूजीगत खर्चतर्फ हुन आउँछ। त्यसबाहेक ११.८२ प्रतिशत अर्थात् ४ अर्ब ८४ करोड २३ लाख रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि विनियोजन गरिएको छ ।
बजेटमा लुम्बिनीको मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम संशोधन गरि मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम नामाकरणा गरिएको छ ।
यसअघि आजै दिउँसो १ बजे बसेको बैठकमा एमालेले नाराबाजी गरेको थियो । त्यसपछि दिउँसो ४ बजेका लागि बाेलाइएकाे प्रदेश सभाकाे अर्को बैठकमा एमाले प्रदेश सभा सदस्यहरू अनुपश्थित थिए ।
पार्टीले कारबाही गरेका सांसदद्वय बिमला वली र अजय शाहीलाई सभामूखले पदमुक्त नगर्दासम्म सदन चल्न नदिने एमालेकाे अडान छ ।
सभामुख पुर्णबहादुर घर्तीले भने एमालेले उठाएको बिषय अदालतमा पुगिसकेको भन्दै अदालतमा बिचाराधिन मुद्दाको बिषयमा प्रदेश सभा सचिवालयले केही गर्न नमिल्ने सदनलाई जानकारी गराएका थिए ।






