बुटवल,२० असाेज ।
प्रतिपक्षी दल नेकपा एमालेकाे बहिषकारकाबीच लुम्बिनी प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले आर्थिक बर्ष २०७८/०७९ काे बजेट पेश गरेका छन् ।
अहिले ४ बजेदेखि शुरु भएको नवौं अधिवेशको सातौं बैठकमा
प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले आर्थिक बर्ष २०७८/०७९ काे बजेट पेश गरेका हुन् ।
प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री खड्काले प्रतिस्थापन विधेयकमार्फत् ४० अर्व ९५ करोड ९७ लाख रुपैयाँको संसाेधित बजेट पेश गरेका हुन् ।
कूल बजेटमध्ये चालुखर्च तर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार रुपैयाँ र पूजीगत खर्चतर्फ २२ करोड ४७ करोड १५ लाख रुपैयाँ रहेको छ। प्रतिशतका आधारमा कुल बजेटको ३३.३१ प्रतिशत चालु खर्चतर्फ र ५४.८७ प्रतिशत पूजीगत खर्चतर्फ हुन आउँछ। त्यसबाहेक ११.८२ प्रतिशत अर्थात् ४ अर्ब ८४ करोड २३ लाख रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि विनियोजन गरिएको छ।
बजेटमा लुम्बिनीको मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम संशोधन गरि मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम नामाकरणा गरिएको छ ।
यसअघि आजै दिउँसो १ बजे बसेको बैठकमा एमालेले नाराबाजी गरेको थियो । पार्टीले कारबाही गरेका सांसदद्वय बिमला वली र अजय शाहीलाई सभामूखले पदमुक्त नगर्दासम्म सदन चल्न नदिने एमालेकाे अडान छ।
सभामुख पुर्णबहादुर घर्तीले भने एमालेले उठाएको बिषय अदालतमा पुगिसकेको भन्दै अदालतमा बिचाराधिन मुद्दाको बिषयमा प्रदेश सभा सचिवालयले केही गर्न नमिल्ने सदनलाई जानकारी गराएका थिए ।






