बुटवल,१९ असोज ।
रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं. ५ मणिग्राम कफि कम्पनी निवासी सिता भण्डारी पौडेलको रहस्यमय मृत्यु घटनाको निस्पक्ष छानविन र दोषी उपर कानुनी कारवाहीको माग गर्दै राष्ट्रिय जनमुक्ति पार्टीको जनबर्गिय संगठन राष्ट्रिय महिला मोर्चाले आज मणिग्राममा प्रदर्शन गरेको छ ।

राष्ट्रिय महिला मोर्चा तिलोत्तमा नगर समितिको आयोजनामा मणिग्राम चोकमा भएको प्रदर्शनमा सयौं महिलाहरुको सहभागिता रहेको थियो ।
प्रदर्शनपछि ओयोजित कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषद सचिब गीता सारु,संघीय परिषद सदस्य मधु राना,पार्टीका प्रदेश अध्यक्ष झम बहादुर गुरुङ्ग, मोर्चाका नगर अध्यक्ष निर्मला थापा, नगर सचिव राधिका श्रीस लगायतले घटनाको स्वतन्त्र र निस्पक्ष छानबिन गरी दोषि उपर कानूनी कारबाही गर्न माग गरे ।

घटनाको अनुसन्धान फितलो भएको आवाज उठिरहदा समेत बिभिन्न पार्टी निकट महिला संगठनहरु मौन बसेको भन्दै उनिहरुले घटनाको स्वतन्त्र र निस्पक्ष छानबिन गरी दोषि उपर कानूनी कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराए ।

यसैबीच राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश समितिले पनि घटनाको स्वतन्त्र र निस्पक्ष छानबिन गरी दोषि उपर कानूनी कारबाही गर्न माग गरेको छ ।
पार्टीका प्रदेश अध्यक्ष झम बहादुर गुरुङले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी घटनाको बिषयमा पार्टी गम्भीर ध्यानाकर्षण भएको जनाउदै घटनाको स्वतन्त्र र निस्पक्ष छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन र दोषी उपर कानूनी कारबाही गर्न माग गरेका हुन् ।
महिलाहरुमाथि भएका हत्या, हिंसा, बलात्कार जस्ता घटनामा दोषी उपर कडा कानुनी कारवाही नहनु, पिडितहरुले न्याय नपाउनुले अरु घटना घटाउन प्रेरित गर्नु जस्तै हो भन्दै विज्ञप्तिमा सिता भण्डारी पौडेलको रहस्यमय मृत्युको घटनाको सत्य तथ्य छानविन गरि दोषीलाई कडा कानुनी सँजाय र पिडितलाई न्याय दिलाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ ।







