कपिलवस्तु,१९ असोज ।
कपिलबस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाबाट २ जनाको मृत्यु भएको छ ।

गयराति १ जनाको घरमै र एक जनाको स्थानीय निजि क्लिनीकमा मृत्यु भएको नगरपालिकाका प्रमुख रजतप्रताप शाहले जानकारी दिए ।

नगरको वडा नं ७,८ र ९ मा राति १२ बजेदेखि बान्ता र झाडापखाला लाग्ने बिरामीको संख्या ह्वातै बढेको उनले बताए । जिल्लाको शिवराज अस्पताल बहादुरगंजमा हिजो रातीदेखि उपचारकोलागि सयौँ बिरामीहरू आइरहेका छन् ।

नगरपालिकाको बहादुरगंज , सुखरामपुर , देवानगढिया , जमुनी , दयानगर, विजयनगर ,जुमिला, डबरा लगायतका गाउँमा झाडा पखालाका बिरामी निरन्तर बढ्दै गएको कृष्णनगर स्वास्थ्य शाखाले जनाएको छ ।

जिल्लामा अहिलेसम्म दुईसयभन्दा बढी मानिसहरु बिरामी परेको स्वास्थ्य कार्यालय कपिलबस्तुले जनाएको छ ।