काठमाडौं,१९ असोज ।
नेपालमा मंगलबार थप ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ८५२ पीसीआर परीक्षण गर्दा ७६२ जना र ४ हजार ४६० एन्टिजेन परीक्षण गर्दा २०६ गरी ९६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९८ हजार ७६६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ११४ जना कोरोना संक्रमित निको भएका छन भने ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ७ लाख ७१ हजार ३३८ जना कोरोना संक्रमित निको भएका छन भने ११ हजार १८० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४८ जना रहेको छ । जसमध्ये १५ हजार ११७ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार १३१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३३५ जना आईसीयू र १२२ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् । यस्तै २३७ जना क्वारेन्टीनमा रहेका छन् ।

यस्तै १० वर्ष मुनिका १० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६१ जनमा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज कुन जिल्लामा कति जनामा कोरोना संक्रमण पुष्टि ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार सबैभन्दा धेरै काठमाडौंमा २३१, झापामा ६९, मोरङमा ६३, ललितपुर र रुपन्देहीमा ४१÷४१ जना, चितवन र भक्तपुरमा ३०÷३० जना, रुसुवामा २४, सुनसरीमा १९, बागलुङ र बाँकेमा १६÷१६ जना, कास्कीमा ११ तथा नुवाकोट र मकवानपुरमा १०÷१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।