बुटवल,१९ असोज ।
बिगतमा नेकपा माओवादी केन्द्रमा रहेर पार्टी बिभाजन तथा एकताका क्रममा अन्य पार्टीमा लागेका रूपन्देहीका एक सय बढी युवा पुन माओवादी केन्द्रमा फर्किएका छन् ।
बिभन्न समयमा भएको पार्टी बिभाजन र एकताका क्रममा अन्य पार्टीमा क्रियाशील रहेका उनिरूरू मंगलबार बुटवलमा आयाेजित एक कार्यक्रमकाबीच पुरानै पार्टीमा प्रवेश गरेका हुन् ।
उनिहरूलाई माओवादी केन्द्र लुम्बिनी प्रदेश सहइन्चार्ज हकिकुल्ला खाँ, रुपन्देही इन्चार्ज रामप्रसाद बन्जाडे (टंकमणि)जिल्ला संयाेजक निर्मल जिसी लागयतका नेताहरुले स्वागत गरेका थिए ।
पार्टी प्रवेश कार्यक्रममा बाेल्दै नेताहरूले नेपालको मुल राजनीति माओवादी केन्द्रकै वरिपरि घुमेको भन्दै अब पार्टीलाई थप बलियो बनाउन संगठन सुधृढिकरणमा लागेको बताए ।
उनिहरूले अव माओवादी समाजवादको दिशामा अघि बढ्ने बताए ।

पार्टीका जिल्ला संयाेजक जीसीका अनुसार खासगरी रुपन्देहीको देवदह नगरपालिका र सियारी गाउँपालिकाबाट अन्य पार्टी परित्याग गरेर आएकालाई पार्टी प्रवेश गराइएको हो ।
साे अवसरमा नव प्रवेशीहरूले बिगतमा पार्टी बिभाजन र एकता क्रममा अभिभावक किहिन महसुस गरेर अन्य पार्टीमा लाग्नु परेको गुनासो गर्दै आफुहरू अभिभावक खाेज्दै पुनः माओवादी केन्द्रमा समाहित भएको बताए ।
उनिहरूले आफुहरूकाे अभिभावकत्व ग्रहण गरिदिन समेत नेतृत्व सँग आग्रह गरे ।

यसैबीच नेकपा माओवादी केन्द्र रूपन्देही जिल्ला समन्वय समितिको बैठक मंगलबार बुटवलमा बसेको छ ।
पार्टीका रुपन्देही संयोजक निर्मल जीसीको अध्यक्षतामा बसेको बैठकमा जिल्ला तथा लुम्बिनी प्रदेशतहका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको छ ।