बुटवल,१८ असोज ।

रुपन्देहीको कञ्चनमा पनि राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्य सोमबार देखि शुरु भएको छ ।
नागरीकता प्रमाणपत्रमा भएको कमिकमजोरी हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउने उदेश्यका साथ रुपन्देहीको कञ्चनमा पनि सोमबार देखि बहुउपयोगी राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन शुरु गरिएको हो ।
कञ्चनको वडा नं. १ र ३ बाट राष्ट्रिय परिचयपत्र सुचिकरण गर्ने कार्य शुरु गरिएको छ । राष्ट्रिय परिचयपत्रका लागि कञ्चनका ५ वटै वडाका करिब २० वटा केन्द्रबाट सुचिकरण गरिने गाउपालिकाले जनाएको छ।
कञ्चन गाउपालिका वडा नं. १ को मुनलाइट युवा क्लबको भवन,लौसा, आपाङ्ग पुनर्थापना केन्द्रको भवन,बेलभरिया र मन्दिर आमा समुहको भवन,कुचेरामा गरी तिन वटा केन्द्र निर्धारण गरिएको छ भने वडा नं. २ मा वडा कार्यलय,गजेडी र सामुदायिक हल,बगही गरी २ स्थानमा केन्द्र बनाइएको छ ।
त्यस्तै वडा नं. ३ मा राधाकृष्ण मन्दिर, झारगैरा, आयुर्वेद औषधालय,हरैया, ज्ञानजयोती आधारभुत बिधालय,जिग्निया र शिबशक्ती आमा समूहको भवन,धमिनाताल गरी ४ वटा केन्द्र निर्धारण गरिएको छ ।
वडा नं. ४ र ५ मा भने केन्द्र छनौट हुन बाकी भएको र केन्द्र छनौट गरी मंगलवारबाट फोटो खिच्ने कार्य शुरु हुने वडा नं. ५ का वडा अधयक्ष कृष्ण प्रसाद अधिकारीले जानकारी दिए ।
यसअघि विभिन्न कारणले परिचयपत्र वितरणमा ढिलाई भईरहे पनि बर्तमान सरकारले विकास र समृद्धिसँगसँगै राष्ट्रिय परिचयपत्र बितरणलाशई पनि महत्त्व दिएपछि यो प्रक्रियाले तिव्रता पाएको छ ।
सरकारले पहिलो चरणमा पाँचथरका नागरिक र सिंहदरबारमा कार्यरत कर्मचारीलाई राष्ट्रिय परिचय पत्र वितरण गरेको थियो । दोस्रो चरणमा १५ जिल्ला र तेस्रो चरणमा २५ जिल्लामा परिचयपत्र वितरण गर्ने तयारी गरेको छ ।
राष्ट्रिय परिचय पत्र भनेको के हो ?
नेपाली नागरीकता प्रमाणपत्रको कमिकमजोरी हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउने उदेश्यले नेपाली नागरीकलाई बहुउपयोगी राष्ट्रिय परिचयपत्रको हो ।
अन्तराट्रिय मापदण्डको डिजिटल कार्डको रुपमा प्रयोग गर्न सकिनने राष्ट्रिय परिचय पत्रमा बाहकको दश औठाछाप अंकित व्यक्तिको पहिचान समेटिन्छ । चिप सहितको कार्डमा प्रिन्ट हुने यसमा बैयक्तिक र जैविक विवरण समेत समेटिने छ ।

एउटै डिजिटल कार्डमा नागरिकका सबैखाले विवरण समावेश गरिने भएकाले नागरिकता,लाइसेन्स,फोटो सहितको मतदाता परिचय पत्र र जग्गाधनी पुर्जा जस्ता सामग्री बोकेर हिड्ने झण्झट हुँदैन । राष्ट्रिय परिचय पत्रमा व्यक्तिको जन्मदेखि मृत्यु सम्म दर्ता हुने व्यक्तिगत घटनाको विवरण पनि समावेश हुन्छ ।

राष्ट्रि परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार कुनैपनि व्यक्तिको जन्मदेखि नै राष्ट्रिय परिचय पत्रलाईका अनलाइन सिष्टममा लगेर व्यवस्थित गरिने छ।
एक जना व्यक्तिलाई उपलब्ध गराएको राष्ट्रिय परिचय पत्र नम्बर कहिल्यै दोहोरिँदैन । परिचय पत्रको विवरण अनलाइनमा व्यवस्थित गरिए पश्चात बाल बालिकाको जन्म दर्तामा दिइएको नम्वर नै उस्को स्थायी परिचय पत्र नम्वर हुन्छ । र उसले प्राप्त गर्ने सबैखाले सुबिधा सोहि नम्बरमा समाबेश हुन्छन । राष्ट्रिय परिचय पत्रको विवरण जो कोहिले पढ्न सक्दैन त्यहाँ समेटिएको विवरण हेर्न छुट्टै रिडर मेसिनको व्यवस्था गरिएको हुन्छ।
विकास र समृद्धिको मुद्धालाई मूर्त रुप दिन सरकारले आफ्ना सबै अंगलाई चुस्त वनाउदै प्रविधी मैत्री वातावरण तयार गर्न पनि राष्ट्रिय परिचय पत्रको ब्यबस्था गरिएको हो ।