काठमाडौं,१८ असोज ।
नेपालमा सोमबार थप १ हजार ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ८९३ पीसीआर परीक्षण गर्दा ८१२ जना र ४ हजार ९८१ एन्टिजेन परीक्षण गर्दा २१८ गरी १ हजार ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ८ लाख ९० हजार २५६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार जना कोरोना संक्रमित निको भएका छन् भने १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ७ लाख ७० हजार २२४ जना कोरोना संक्रमित निको भएका छन भने ११ हजार १७४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर १६ हजार ६०६ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।