कपिलवस्तु,१ असोज ।
ईलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुले स्रोत नखुलेको २२ लाख ९३ हजार रुपैयाँ सहित एक जनालाइ पक्राउ गरेको छ ।

आइतबार अपराह्न प्रहरीले उक्त रकमसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ परेका ब्यक्तिको परिचय भने प्रहरीले गोप्य राखेको छ ।

बरामद रकम र पक्राउ ब्यक्तिबारे बुझ्न खोज्दा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी धर्मराज भण्डारीले आफुलाई केही जानकारी नभएको बताए ।

कपिलवस्तु प्रहरी स्रोतका अनुसार बरामद रकम र पक्राउ परेका ब्यक्ति छुटाउन नेपाल प्रहरीका केही एआईजी र डीआईजीले नै ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक सुकदेव पौडेललाई दबाब दिएको खुल्न आएको छ । त्यसो त बरामद रकम बैध रहेको देखाउन केही ब्यापारीहरु समेत चलखेलमा लागेको स्रोतको दाबी छ ।