बुटवल,१७ अशोज ।
तिलोत्तमा बहुमुखी सहकारी संस्था लिमिटेड शंकरनगको २५ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
साधारण सभाले अध्यक्ष माधवलाल देवकोटाको बार्षिक कार्य प्रगति प्रतिवेदन,कोषाध्यक्ष प्रदिप पराजुलीको आर्थिक प्रतिवेदन र लेखा सुपरिबेक्षण समितिका संयोजक शान्ता केसीको प्रतिवेदन पारीत गरेको छ ।
सो अवसरमा राष्ट्रिय सहकारी बैंकका संचालक तथा नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्णा खाँणले सहकारीहरुले मुलुकको गरिवी निवारणमा महत्वपूर्ण भुमिका खेलेको बताए ।
तिलोत्तमा सहकारीले उद्यमशीलता र स्वारोजगारमुलक कार्यक्रम मार्फत महिलाहरुको आर्थिक शसक्तिकरणमा पनि महत्वपूर्ण भुमिका खेलेको भन्दै प्रशंसा गरे ।
सहकारीका अध्यक्ष माधवलाल देवकोटाको सभापतित्व,उपाध्यक्ष हरि तिवारीको स्वागत र सचिव पार्वती थापाको संचालनमा भएको कार्यक्रममा सहकारीका संरक्षक क्या यमबहादुर खत्री,बाटिका सहकारीका अध्यक्ष कमला पाण्डे लगायतले बाेलेका थिए । सो अवसरमा सहकारीका प्रेस सल्लाहकार रेखा भुसाललाइ संविधान दिवश २०७८ को अवसरमा जनसेवा श्री पदकबाट विभूषित भएकोमा सहकारीका तर्फबाट सम्मान गरीएको थियो ।
साधारण सभाले शेयर सदस्य संख्या थप गर्ने, संहकारीलाइ विशिष्टिकृत संघसंग आवद्ध गर्ने, उत्पादन मुलक क्षेत्र,एग्रो टुरिजम लगायतका कार्यक्रम मार्फत सदस्यहरुलाइ स्वरोजगार र उद्यमसील बनाइ आयआर्जन मुलक कार्यक्रमा लगाउने योजना सहितको अध्यक्षको प्रतिवेदन पारीत भएको हो ।
चालु आर्थिक बर्षकालागि ५ करोड ४८ लाख ८५ हजारको अनुमानित आय व्यय सहितको कोषाध्यक्षको आर्थिक प्रतिवेदन साधारण सभाले पारीत गरेको छ । ४२ करोड ६२ लाख निक्षेप संकलन गरेको सहकारीले ३६ करोड २१ लाख कर्जा लगानी गरेको छ ।
सहकारीले गत बर्ष बृक्षा रोपण,स्वास्थ्य शिवीर, रक्तदान,सिष्टर्स सोसाइटि मार्फत महिला शसक्तिकरणका कार्यक्रम संचालन गर्नुका साथै,सहकारी शिक्षा तालिम, सुत्केरी पोषण खर्च लगायतका सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु संचालन गरेको थियो ।
सहकारीले बिभागको परिपत्र अनुरुपको मापदण्ड र प्रक्रिया अनुरुप संचालक समिति,सल्लाहकार र लेखा सुपरिवेक्षण सहितको उपस्थितीमा साधारण सभा सम्पन्न गरेको हो । शेयर सदस्यहरुको उपस्थितीकालागि अशोज ४ गतेदेखि १४ गते सम्मको समय तोकीएको थियो । सो अवधीमा साधारण सदस्यहरु उपस्थित भइ प्रतिवेदन उपर लिखीत सुझाव दिन सक्ने व्यवस्था गरीएको थियो ।






