बुटवल,१६ असोज ।
जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष ज्ञानु पौड्यालको अध्यक्षतामा शनिबार रुपन्देहीको भलवारीमा आयोजित साधारण सभामा बोल्दै अध्यक्ष पौड्यालले जनउत्थान नाम मात्रै नभएर समाजको उत्थानका लागि अघि बढ्दै गरेको दाबी गरिन् । उनले संस्थामार्फत समाजमा रहेका हरेक बर्गको उत्थान र बिशेषगरि गरीबी न्यूनीकरण गर्ने उद्देश्य रहेको बताइन् ।

कार्यक्रममा संस्थाका सल्लाहकार श्यामलाल खरेल, ईश्वरचन्द्र पोखरेल, तिलोत्तमा नगर कार्यपालिका सदस्य एचबी रम्तेल, यम बहादुर थापा, मेखराज पुन, चेतराज पराजुली, कार्यदल सदस्य शिव गौडेल, परामर्श कार्यदलका सिता भट्टराई, शंकर प्रसाद गौतम, हस्त बहादुर हितांग, अर्जुन आचार्य, गिरी प्रसाद पुन लागायतले शुभकामना मन्तब्य राख्दै सामाजिक तथा आर्थिक र समाज रुपान्तरणका लागि जनउत्थान सहकारीले गरेको कार्यको प्रशंसा गरेका थिए ।

साधारण सभामा निल प्रसाद पुनले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए भने सचिव सरु रानाले संस्थाको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।

रुपन्देहीको तिलोत्तमा १५ कोटिहवामा मुख्य कार्यालय रहेको सहकारीमा हाल २५ हजार ६५ जना शेयर सदस्य आवद्ध रहेको संस्थाका ब्यबस्थापक रन बहादुर थापाले जानकारी दिए ।