‘अनियमीत विद्युत आपूर्ति र पहुँच मार्ग उद्योगिका समस्या’

प्रकाश खनाल
बुटवल,१५ असोज ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उद्योगि व्यवसायीलाई परेका समस्या समाधान गर्न प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्ने बताएका छन् ।

प्रदेशको उद्योग,बाणिज्य तथा आपूर्ति मन्त्रालयद्धारा शुक्रबार बुटवलमा आयोजित खानी सञ्चालक तथा सिमेन्ट उद्योगिहरुसँगको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री केसीले मुलुकको राजश्वमा ठूलो योगदान रहेको उद्योगिका समस्या समस्या समाधान गर्न प्रदेश सरकार सदैव तत्पर रहने बताएका हुन् ।

कुनै पनि नीति बनाउदा दिर्घकालिन सोच राखेर बनाउनुपर्ने भन्दै मुख्यमन्त्री केसीले नीतिगत तहमा भएका कमि कमजोरीहरुलाई सच्याएर उद्योगि व्यवसायीका समस्या समाधान गर्न प्रदेश सरकार सदैव तयार रहेको बताए ।

बिगतको फरक परिवेश र परिस्थितिमा स्थापना भएका उद्योगहरु परिवर्तीत आजको परिवेशमा सञ्चालनमा कठिनाई उत्पन्न भएको भन्दै उनले आजको परिवेश र अवस्था अनुसार उद्योगहरुको मर्जर गरेर भए पनि कम लागतमा अधिकतम उत्पादन गर्ने क्षमताको विकास गर्नुपर्नेमा जोड दिए ।

खानी तथा उद्योग सञ्चालनको स्वीकृति,व्यवस्थापन र नियमन गर्ने बिषयमा यसअघि भएको व्यवस्था व्यवहारीक नभएको भन्दै मुख्यमन्त्री केसीले नीतिगत तहमा भएका कमि कमजोरीहरु सच्याउने तर्फ प्रदेश सरकारले संघीय सरकारसँग लबिङ्ग गर्ने बताए ।

प्रदेशका उद्योग,बाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले खानी क्षेत्रको नजिक उद्योग सञ्चालन गर्नसके उत्पादन लागत घटन गई मुल्य समेत घट्ने भन्दै बिगतमा जे भए पनि आगामि दिनमा खानी क्षेत्र नजिक उद्योग स्थापना गर्नेतर्फ उद्योगिहरुले ध्यान दिनुपर्नेमा जोड दिए ।

उद्योगि व्यवसायीलाई परेका समस्या समाधान गरी उत्पादन बृद्धि गर्न र उपभोक्ताले कम मुल्यमा गुणस्तरीय सामाग्रि प्राप्त गर्न सकुन भन्ने उदेश्यले प्रदेश सरकारले कामसँग मिल्दोजुल्दो छुट्टै उद्योग,बाणिज्य तथा आपूर्ति मन्त्रालयको व्यवस्था गरेको भन्दै उनले आफुलाई परेका समस्या ढुक्क भएर भन्न उद्योगि व्यवसायीलाई आग्रह गरे ।

प्रदेश सरकारका प्रमुख सचिब डिल्लीराम शर्माले उपभोगमुखी नभएर उत्पादनमुखी अर्थतन्त्रको विकास गर्नुपर्नेमा जोड दिदै राज्य,उद्योगि र उपभोक्ता सबैको हित हुने खालको अर्थनीति बनाउनुपर्ने आवस्यकता औल्याए ।

उनले उद्योगि व्यवसायीलाई परेका समस्याको पहिचान र समस्या समाधानका उपायबारे अध्ययन गर्न कार्यदल गठन गर्न प्रस्ताव गरे ।

अनियमीत विद्युत आपूर्ति र पहुँच मार्ग उद्योगिका समस्या

कार्यक्रममा उद्योगिहरुले भने सहमति अनुसार राज्यले खानी पहुँच मार्ग तथा अनियमीत विद्युत आपूर्ति आफुहरुको सबैभन्दा ठूलो समस्या भएको गुनासो गरे ।

सहमति अनुसार राज्यले खानी तथा उद्योग पहुँच मार्ग निर्माण नगरिदिदा उद्योगि आफैले पहुँच मार्ग निर्माण गर्नुपरेको भन्दै उनिहरुले उद्योग स्थापना भएको लामो समयसम्म पनि उद्योगलाई आवस्यक पर्ने विद्युत उपलब्ध नहुनु र प्राप्त विद्युत पनि अनियमित हुँदा उद्योगि थप समस्यामा परेको बताए ।

एकातर्फ उद्योगलाई आवस्यक पर्ने विद्युत आपूर्तिको समस्या छ भने अर्कोतर्फ डेडिकेटेड लाइनको नाउमा जबर्जस्ति विद्युत महसुल अशुल गर्ने प्राधिकरणको नीतिका कारण उद्योगि समस्यामा परेको उनिहरुको गुनासो छ ।

उद्योग,बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिब डा.राजेन्द्र ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश योजना आयोगका सदस्य डा.दामोदर भुसाल,आर्थिक मामिला तथा सहकारी मन्त्रालयका सचिब बाबुराम अधिकारी,कानून,महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिब राजेन्द्र थापा, खानी तथा भूगर्भ विभागका उप महानिर्देशक जयराम घिमिरे, संघीय सरकारका बन तथा भू संरक्षण मन्त्रालयका उत्तम चापागाइ,पश्चिमाञ्चल सिमेन्टका अध्यक्ष ऋषिकेश अग्रवाल,बुटवल सिमेन्टका लिलाप्रसाद पाण्डे,सिद्धार्थ सिमेन्ट उद्योगका रोहीत अग्रवाल,अर्घाखाँची सिमेन्ट उद्योगका बुद्धबहादुर कार्की,घोराही सिमेन्टका अनमोल सुवेदी,उद्योग,बाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकृत टुकराज पाण्डे लगायतले आ आफ्नो भनाई राखेका थिए ।