काठमाडौं,१४ असोज । नेपालमा बिहीबार थप १ हजार ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ८ हजार ५५५ नमुनाको पीसीआर परीक्षण गर्दा ८९८ र ३ हजार २१० नमुनाको एन्टिजेन परीक्षण गर्दा १८० गरि १ हजार ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ८६ हजार ६१४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९११ जना काेराेना संक्रमित निको भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ७ लाख ६५ हजार ७५८ जना संक्रमित निकाे भएका छन् भने ११ हजार १३५ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये १६ हजार ८०२ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै १ हजार ३६६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३५३ जनाको आईसीयू र ११७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये ३६९ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका २६७, ललितपुरका ६५ र भक्तपुरका ३७ जना रहेका छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा थप १७४, प्रदेश २ मा १६, बागमती प्रदेशमा ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै गण्डकीमा १०३, लुम्बिनीमा ८६, कर्णालीमा ३६ र सुदूरपश्चिम प्रदेशमा २८ जनामा संक्रमण पुष्टि भएको छ ।





