काठमाडौं,१३ असाेज । अमेरिकी सहायता परियोजना (एमसीसी) काे बिषयमा राप्रपाले दाेहाेराे चरित्र देखाएको छ ।
सत्ताबाट बाहिरिएसँगै एमसीसीबारे दाेहाेराे चरित्र देखाएको नेकपा एमालेकाे सिकाे गर्दै राप्रपाले पनि दाेहाेराे चरित्र देखाएको हो ।
केपी ओली नेतृत्वको सरकारले एमसीसी परियोजना संसदबाट पारित गराउन प्रयास गर्दा एमसीसी नेपालकाे हितमा उपयोग गर्नुपर्ने मत राख्दै आएका राप्रपा अध्यक्ष कमल थापाले पनि बाेली फेरेका हुन् ।
पार्टीका अन्य नेताहरूले एमसीसीकाे बिराेध गरे पनि कमल थापाले भने त्यसको घुमाउरो पाराले समर्थन गर्दै आएका थिए । संसाेधन सहित एमसीसी पारित गर्नुपर्ने मत राख्दै आएका थापा नेतृत्वको राप्रपाले एमसीसी खारेजीको माग राखि प्रदर्शन गरेर दाेहाेराे चरित्र देखाएको हो ।

काठमाडौंको माइतिघरबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वर पुगेर समापन भएको थियो । प्रर्दशनकारीले अमेरिकी सहायता परियोजना (एमसीसी) राष्ट्रघाती भएको भन्दै त्यसको खारेजी गर्नुपर्ने भन्दै नारावाजी गरेका थिए ।

त्यस्तै उनीहरुले महँगी नियनत्रण गर, भष्ट्राचारीलाई कारवाही गर लगाएतका नारा लगाएका थिए ।

प्रदर्शनपछि राप्रपाले एमसीसी खारेजीका साथै महँगी नियन्त्रण गर्नुपर्नेलगायतका माग राख्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र समेत बुझाएकाे थियो ।