काठमाडौं,८ असोज ।
राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश र सोही अध्यादेशका आधारमा दर्ता भएको नेकपा एकीकृत समाजवादी पार्टी दर्ता बदरको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

शुक्रबार संवैधानिक इजलासमा सुनुवाइपछि विपक्षी नेपाल सरकार, निर्वाचन आयोग र सभामुखसहितलाई कारण देखाउ आदेश जारी गदै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
सर्वोच्चले विपक्षी नेपाल सरकार, निर्वाचन आयोग र सभामुखसहित दुवै पक्षलाई लिखित जवाफ माग गरेको छ ।

अधिवक्ता श्रीकान्त बरालले संसद छलेर अध्यादेश ल्याइएकाले बदर गर्न माग गर्दै एमालेले निष्कासन गरेका १४ सांसदको सनाखतबाट बनेको दल समेत बदरको माग गरी रिट दायर गरेका थिए ।