काठमाडौं,८ असोज ।
संवैधानिक इजलास सम्बन्धी मुद्धा न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासमा
परेको छ ।

प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास गठन हुन सक्छ कि सक्दैन भन्ने मुद्दाको सुनुवाइका लागि संयुक्त इजलास तोकिएको हो ।

अधिवक्ता दीपकविक्रम मिश्र र डा.गणेश रेग्मीले दायर गरेका छुट्टा–छुट्टै रिटको सुनुवाइ हुनेगरी सो इजलासमा पेसी तोकिएको छ ।
न्यायाधीश हरि फुँयालको एकल इजलासले यसबारेमा लिखित जवाफ प्राप्त भएको ३ दिनपछि पेसी तोक्न दिएको आदेश बमोजिम आज पेसी तोकिँदैछ ।
संवैधानिक परिषद्ले गरेका संवैधानिक नियुक्तिविरुद्धको रिटमाथिको सुनुवाइमा प्रधानन्यायाधीश बस्न नमिल्ने विवादपछि यो मुद्दा प्रकरण अदालतमा पुगेको हो ।

प्रधानन्यायाधीशले सो मुद्दाको सुरू र फैसलाको दिन आफू नबस्ने भनेको भन्दै उक्त निर्णय संविधानविपरीत भएको दावीसहित अधिवक्ता गणेश रेग्मीले रिट दर्ता गराएका थिए । प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास बस्ने कि नबस्ने भन्ने मुद्दाको टुंगो लागेपछिमात्र संवैधानिक नियुक्तिहरूविरुद्धको रिटमाथि सुनुवाइ अघि बढ्नेछ ।