काठमाडौं,७ असाेज । नेकपा एकीकृत समाजवादी पार्टीले पदाधिकारीकाे टुंगो लगाएको छ । अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको ‘हाइ कमाण्ड’ले पदाधिकारीको नाम टंगो लगाएको हो ।

पार्टीको उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल चयन भएका छन् । महासचिवको जिम्मेवारी डा. बेदुराम भुसालले पाएका छन् भने डा. विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वालाले उपमहासचिवको जिम्मेवारी पाएका छन् ।

हाइ कमाण्डले रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी र केशवलाल श्रेष्ठलाई सचिवको जिम्मेवारी ताकेको छ ।