काठमाडौं,७ असाेज । आज प्रतिनिधिसभाकाे बैठक बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा बजेटसँग सम्बन्धित २ वटा विधेयक पारित गर्ने सम्भावित कार्यसूची रहेको छ ।

आर्थिक विधेयक २०५८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको छ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले यी दुई विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने संसद सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार अवरोध गरे पनि सभामुख अग्नि सापकोटाले संसदलाई अगाडि बढाइरहेका छन् । एमालेले आज पनि संसद अवरोध जारी राख्ने जनाएको छ ।