बुटवल,६ असाेज । पहिरो खसेर पृथ्वी राजमार्गको नारायणगढ–मुग्लिन सडक बन्द भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक दुईतर्फी नै बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
गएराति खसेको पहिराे आज बिहानदेखि हटाउन थालिएको छ । तर ठूलो पहिरो खसेका कारण पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ । सडक अबरुद्ध भएपछि सयौं सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।






