काठमाडौं,३ असोज । नेपालमा आइतबार थप ७३४ जनामा कोरोना भाइरस संत्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ७ हजार ३०४ पीसीआर परीक्षण गर्दा ६५६ र २ हजार ७०९ एन्टिजेन परीक्षण गर्दा ७८ जना गरी ७३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८४ हजार ५६६ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ४१३ जना काेराेना संक्रमित निकाे भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ७ लाख ४९ हजार २१३ जना काेराेना संक्रमित निकाे भएका छन् भने ११ हजार ४० जना संक्रमितको मृत्यु भएको छ ।
हाल देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमति रहेका छन् । जसमध्ये २२ हजार ८६४ जना होम आइसोलेसनमा र १,४४९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३९० जना आईसीयू र ११७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका १४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज कुन जिल्लामा कतिजनामा संक्रमण पुष्टि ?
स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार सबैभन्दा धेरै काठमाडौंमा १८७, मोरङमा ९३, सुनसरीमा ७२, कास्कीमा ६१, झापामा ३३, भक्तपुरमा ३२, ललितपुरमा २२, रुपन्देहीमा २१ र चितवनमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।





