बुटवल,३ असाेज । संविधान दिवसको अवसरमा नेपाल स्काउट लुम्बिनी प्रदेश समितिले आइतबार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल स्काउट लुम्बिनी प्रदेश अध्यक्ष दिननाथ भट्टराईको अध्यक्षता र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ३५ प्वाइन्ट रगत संकलन भएको स्काउट प्रदेश सदस्य भरत अर्यालले जानकारी दिए ।
साे अवसरमा कार्यक्रमका प्रमुख अतिथि सुवेदी,बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख खिमानन्द न्याैपानेले रक्तदाताहरूलाई प्रसंशापत्रले सम्मान गरेका थिए ।
समाजसेवामा सकृय नेपाल स्काउटले संविधान दिवसको अवसरमा रक्तदान जिवनदान भन्ने नारालाई साकार पार्न रक्तदान कार्यक्रम आयोजना गरिएको स्काउट प्रदेश कार्यालयका कार्यालय प्रमुख तारा पुरीले बताए ।