बुटवल,२ असोज ।
रुपन्देहीको कञ्चन गाउपालिकामा अवस्थित जनउतथान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रूद्रपुरमा सेवा केन्द्र बिस्तार गरेको छ ।
रुद्रपुर सेवा केन्द्रकाे शनिवार एक कार्यक्रमका बिच कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले सहकारी मार्फत कञ्चनको समृद्धिका लागि उत्पादनमुलक क्षेत्रमा लगानी हुने बिश्वास ब्यक्र गरेे । उनलेे जबसम्म शेयर सदस्यहरुमा आर्थिक उपार्जनका लागि उत्पादनमुलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरिदैन तबसम्म कुनै पनि शेयर सदस्यहरुमा आत्मनिर्भरताको आधार तयार नहुने बताए ।
सहककारीहरुले आफ्ना शेयर सदस्यहरुको आर्थिक उपार्जनमा मात्र नभई अब शेयर सदस्यहरुको सामाजिक, शैक्षिक र सांस्कृतिक रुपमा पनि सवल बनाउनमा भुमिका खेल्नु पर्नेमा
अध्यक्ष क्षेत्रीले जोड दिए।
संस्थाका ब्यबस्थापक रन बहादुर थापाले संस्थाको १० बर्षे कार्ययोजना प्रस्तुत गदै आगामी १० बर्षमा जनउत्थान साकोसको कुलपुंजी १४ अरव पुर्याउने र शेयरपुंजी १ अरव १२ करोड रुपैया पुर्याउने लक्ष सार्वजनिक गरे । चालु आ.वमा बचत संकलन २ अरव १ करोड रुपैयालाई बृद्धि गरी आगामी १० बर्षमा १० अरव ९२ करोड रुपैया बचत संकलन पुर्याउने बताउदै उनलेे हालको जगेडा कोषमा रहेको १८ करोड रुपैयाबाट बृद्धि गरी आगामी १० बर्षमा १ अरव ४६ करोड रुपैया पुरयाउने लक्षकासाथ संस्थालाई अगाडी बढाउने योजना रहेको बताए ।
संस्थाका अध्यक्ष ज्ञानु पौडेलले वित्तिय सामाधानका लागि जनउत्थान एउटै रोजाई भन्ने नारा सहित सहकारीमा संकलित पुंजीलाई कृषि,स्वास्थ्य,शैक्षिक तथा बिभिन्न उतपादनमुलक क्षेत्रमा लगानी गरी आर्थिक,सामाजिक,शैक्षिक लगायतको बिकासमा शेयर सदस्यहरुको पहुंच र सक्षमताका लागि लगानी गर्दै जाने बताए ।
संस्थाका संस्थापक अध्यक्ष मेखराज पुनले सहकारी स्थापना गर्दा सहकारीले देशकै उत्कृष्टता पाउला र नामी सहकारी बन्ला भन्ने कुनै कल्पना नगरिएको बताउदै बिस्तारै काम गर्दै जांदा ३१ जनाबाट शुरु गरेको सहकारी संस्थामा २७ हजार शेयर सदस्य पुग्नु योजनबद्ध कार्यको प्रतिफल भएको दाबी गरे ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका लेखा समिति सदस्य नाम बहादुर के.सी. नेकपा एमालेका भरतमणी सापकोटा, रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष दिनानाथ आचार्य,सहकारीका सचिव सरु राना,रुद्रपुर सेवा केन्द्र ब्यबस्थापन समितिका संयोजक पुर्ण बहादुर पुन लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
हरेक सेवा केन्द्रहरुमा ५/५ जनाको सिस्टर क्लव सहित बाल बचतमा २४ करोड रुपैया बचत संकलन रहेको जनउत्थान साकोसले गत आ.व.मा सर्वोकृष्ट सहकारीको रुपमा पुरस्कृत भैसकेको छ भने हाल यसको नाफा ७ करोड ८६ लाख पुगेको जनाइएको छ ।
आगामी १० बर्षमा यस साकोसको शेयर सदस्य १ लाख २० हजार ३४६ जना बनाउने लक्ष रहेको छ।
साे अवसरमा सरसफाई सामाग्रीको रुपमा डस्टविन र कञ्चनका बिभिन्न बिधालयहरुमा अध्यनरत जेहेन्दार तथा बिपन्न परिवारका बिधार्थीहरुलाई शैक्षिक सामाग्री समेत बितरण गरिएको थियो ।
२७ हजार शेयर सदस्य रहेको जनउत्थानको कञ्चनमा रुद्रपुर सेवा केन्द्र बिस्तार गरेसंगै १ हजार ५ सय नयाँ शेयर सदस्य थपिएकाे सहकारीले जनाएको छ ।
१६ बर्ष अघि टिकुलीगढको सुपौलीमा ३१ जना शेयर सदस्यबाट संकलित ३ हजार १ सय रुपैया शेयरपुंजी सहित स्थापना भएको सहकारी संस्थाको हाल २ अरव ५८ करोड शेयर पुँजी रहेको छ भने १८ करोड रुपैया जगेडा कोष रहेको छ ।






