बुटवल,२ असोज ।
रुपन्देही जिल्लामा संचालित ५५४ वटा सहकारी संस्थाले १२ अर्ब १६ करोड बढी कर्जा प्रवाह गरेका छन ।
जिल्लामा रहेका सहकारी संस्थाहरुमा १ लाख ७४ हजार ७ सय ३३ जना शेयर सदस्य आवद्ध रहेको जिल्ला सहकारी संघरुपन्देहीका उपाध्यक्ष डोल प्रसाद अर्याले जानकारी दिए ।
कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था बुटवलको २१ औ वार्षिक साधारण सभामा वोल्दै जिल्ला सहकारी संघ रुपन्देहीका उपाध्यक्ष डोल प्रसाद अर्याले जिल्लामा रहेका सहकारी संस्थाहरुमा १ लाख ७४ हजार ७ सय ३३ जना शेयर सदस्य आवद्ध रहेको र जिल्लामा संचालित ५५४ वटा सहकारी संस्थाले १२ अर्ब १६ करोड बढी कर्जा प्रवाह गरेको जानकारी गराएका हुन् ।
सहकारीहरुले सामाजिक उत्तरदायित्व बढाउन जरुरी रहेको बताउदै उनले एक सहकारी एक व्यक्तिको सहकारी मुल्यमान्यतालाई व्यवहारमा लागु गर्न समेत आह्वान गरे ।
साधारण सभाले कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लक्ष्मण आर्चाय क्षेत्रीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष टंक कुमार खड्काले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन,वालुराम गिरीले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन र यज्ञ प्रसाद पंगेनीले प्रस्तुत गरेको मुल्यांकन तथा उप समितिको प्रतिवेदन छलफल सहित पारित गरिएको सचिव कृष्ण प्रसाद ज्ञवालीले बताए । कोरोना कहरलाई मध्यनजर गरि सहकारीका पदाधीकारी, उपसमिति र सल्लाहकारलाई मात्र सहभागि वनाएर साधारण सभा गरिएको संस्थाका उपाध्यक्ष डोल राज पाण्डेले बताए ।






