बुटवल,२ असाेज ।
महिला हिंसाका घटना सार्वजनिक गर्न हिचकिचाउन नहुने महिला नेत्रि तथा अधिकारकर्मीहरूले जाेड दिएका छन ।

नेपाल मगर महिला संघकाे २४ आैं स्थापना दिवसको अवसरमा शनिबार नेपाल मगर महिला संघ तिलाेत्तमा नगर समितिद्वारा आयाेजित `महिला हिंसा र कानुन´ बिषयक अन्तरक्रिया कार्यक्रममा बाेल्दै उनिहरूले उक्त कुरामा जाेड दिएका हुन् ।

घरमा भएका महिला हिंसाका घटना बाहिर ल्याउदा समाजमा बदनाम हुने डरले घरेलुु हिंसाका घटना बाहिर नआउने गरेको भन्दै उनिहरूले आफुमाथि भएका हिंसाका घटना निर्धक्क भएर बाहिर ल्याउनुपर्नेमा जाेड दिए ।

नेपाल मगर महिला संघ तिलाेत्तमा नगर समिति अध्यक्ष राधिका श्रीस मगरको सभापतित्व र नेपाल मगर महिला संघ लुम्बिनी प्रदेश समिति सदस्य केशरी तरामु मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अधिवक्ता मदनकुमार पुनले के कस्तो अवस्थामा महिला हिंसा भएको मानिन्छ भन्ने बिषयमा जानकारी गराउदै महिला हिंसाका घटनाकाे कानुनी उपचार र त्यसमा संलग्नलाई हुने दण्डसजायका बारेमा प्रशिक्षण दिएका थिए ।

संघकी काेषाध्यक्ष गायत्री थापा मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल मगर संघ तिलाेत्तमाकी अध्यक्ष लिलमाया राना, नेपाल मगर महिला संघ रूपन्देही अध्यक्ष चन्दा थापा मगर,नेपाल आदिवासीजनजाति महिला महासंघ तिलाेत्तमा नगर अध्यक्ष दिलमाया गुरूङ,नेपाल मगर संघ तिलाेत्तमा वडा नं ३ का अध्यक्ष नलबहादुर राना,नेपाल मगर संघ तिलाेत्तमा ८ का अध्यक्ष पवित्रा थापा,नेपाल मगर महिला संघ तिलाेत्तमाकी सचिव मनमाया थापा लगायतले आ आफ्नो भनाइ राखेका थिए ।