बुटवल,२ असाेज । पुर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका– १ बनकसवासामा यात्रुबाहक बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट रुकुमतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस शनिबार बिहान अनियन्त्रित भई सडकको बायाँ तर्फ पल्टिदा बसमा सवार १८ जना घाइते भएको प्रहरीले जनाएको छ । बसमा ३१ जना यात्रु सवार रहेको बताइएको छ ।

१८ जना मध्ये ५ जना स्थानीय अस्पतालमा उपचार भइरहेको र १२ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।