बर्दिया,२ असाेज । जंगली बँदेललाई नियन्त्रणमा लिन थापेको विद्युतीय पासोमा परी बर्दियामा ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्दियाकाे ठाकुरबाबा नगरपालिका ३ गोदाना बस्ने ३५ वर्षीय बालकृष्ण थारू, उनकी श्रीमती ३० वर्षीया सुनिता र बालकृष्णकी भाउजु ४५ वर्षीया बेलमती थारू रहेका छन् ।

शुक्रबार राति स्थानीय राजबहादुर शाहीको खेतमा पानी हेर्न गएका बेला शाहीले बँदेल धपाउन धान खेतमा लगाएको विद्युतीय धरापमा परि उनिहरूकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

धानखेतमा करेन्ट प्रवाह गरेको आरोपमा स्थानीय ८२ वर्षीय राजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक इश्वर कार्कीले जानकारी दिए ।

बर्दिया निकुञ्जबाट निस्कने बंदेलले ठुलो अनुपातमा धानबाली नष्ट गर्न थालेपछि लामो समयदेखि बर्दिया र यस आसपासका क्षेत्रमा बंदेलबाट धानबाली जोगाउन विद्युतिय धराप थाप्ने गरिएकाे छ । यस अघि पनि विद्युतिय धरापमा परि एक जना युवा र दुईवटा जंगली हात्तीकाे मृत्यु भएको थियो ।