बुटवल,१ असाेज । नेकपा एकीकृत समाजवादीको लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा मेटमणि चौधरी चयन भएका छन् ।
शुक्रबार बुटवलमा सम्पन्न प्रदेश कमिटीको बैठकले मेटमणि चौधरीको नेतृत्वमा लुम्बिनी प्रदेश कमिटी गठन गरेको हो ।

प्रदेश कमिटिको प्रथम बैठकले चौधरीकाे अध्यक्षतामा गठित कमिटीको सचिवमा राजु गुरुङ चयन गरेको छ भने सबै जिल्ला अध्यक्षहरु सदस्य रहनेगरी प्रदेश कमिटी गठन गरेको सचिव राजु गुरुङले जानकारी दिए ।

कमिटीलाई आगामी केन्द्रीय कमिटिको बैठक र प्रदेश भेलापछि पूर्णता दिने सचिव गुरूङले बताए । बैठकले लुम्बिनी प्रदेशका सबै जिल्लाहरुमा भेला र बैठकहरु गर्ने निर्णय गरेको जनाइएको छ ।