काठमाडौं,१ असोज । नेपाली कांग्रेस (बीपी)को सभापतिमा सुशीलमान शेरचन चयन भएका छन् ।
शुक्रबार सम्पन्न पार्टीको विशेष महाधिवेशनले संस्थापक सभापति हरिबोल भट्टराईलाई सर्वोच्च नेता घोषणा गरेको छ भने शेरचनको सभापतित्वमा ६६ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको हो ।
पार्टीको उपसभापतिमा झलकनाथ वाग्ले, महामन्त्रीमा देवेन्द्रप्रकाश पौडेल र सहमहामन्त्रीमा जगन्नाथ घिमिरे चयन भएका छन् ।






