बुटवल,१ असाेज ।
नेपालमा शुक्रबार थप १ हजार ५५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ३५१ जना काेराेना संक्रमित निकाे भएका छन् । नेपालमा हालसम्म ७ लाख ४६ हजार ५६६ जना संक्रमित निको भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप १० जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार १२ जना संक्रमितको मृत्यु भएको छ ।
यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ८३ हजार ७५ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ८८ हजार ६५९ जना पुगेको छ ।
हाल देशभर २५ हजार ४९७ जना सक्रिय संक्रमित रहेका छन् ।





