काठमाण्डाै,३१ भदौ । नेपालमा बिहीबार थप एक हजार ५११ जनामा कोराना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १५ हजार १७९ जनाको नमुना परीक्षण गर्दा एक हजार ५११ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ७० हजार १७६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप एक हजार ६८९ जना काेराेना संक्रमित निकाे भएका छन् । नेपालमा हालसम्म सात लाख ४५ हजार २१५ जना काेराेना संक्रमित निकाे भएका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा काेरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार दुई जना काेरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा २५ हजार सात ७७२ जना सक्रिय सङ्क्रमित रहेका छन् । जसमध्ये ४०७ जनाको आईसीयू र १२८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।