बुटवल,३१ भदौ ।

नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले लुम्बिनी बौद्ध विश्वविद्यालयमा तालाबन्दी गरेको छ ।
कोरोना माहामारीको समयमा विश्वविद्यालयले सञ्चालन गरेको अनलाइन कक्षाको समेत पूरै शुल्क उठाएको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो ।

क्याम्पस प्रशासनले कोभिड १९ को चपेटामा परेका विद्यार्थीहरुलाई भौतिक उपस्थिति नभई एवं क्याम्पसको कुनै पनि प्रयोगात्मक सामग्री प्रयोग नगरी आफ्नै साधन र स्रोत परिचालन गरी लिएको अनलाइन कक्षाको पुरै शुल्क लिएकाले बाध्य भएर तालाबन्दी गरेको अनेरास्ववियूका अध्यक्ष राजेश आचार्य र सचिव साजन शर्मा पन्थीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

लकडाउन अवधि भरको शैक्षिक शुल्कमा छुट दिने सरकारको निर्णयलाई तत्काल कार्यान्वयन गरी विद्यार्थीहरुबाट शैक्षिक शुल्क वापत लिएको रकम सम्बन्धित विद्यार्थीहरुलाई अविलम्ब फिर्ता गर्न अनेरास्ववियु लुम्बिनी बौद्ध विश्वविद्यालय कमिटीले माग गरेको छ ।

तर हाम्रो मागलाई बेवास्ता गरी उल्टो विद्यार्थीहरुलाई धम्काउने कार्य क्याम्पस प्रशासनबाट भएको हुँदा हाम्रो माग पुरा नहुँदासम्मको लागि ताला लगाउन बाध्य भएको कुरा जानकारी गराउन चाहन्छौं ।’विज्ञप्तिमा भनिएको छ ।