बुटवल,३१ भदौ ।
एमालेकाे अबरोधपछि लुम्बिनी प्रदेश सभाकाे बैठक एक घण्टाका लागि स्थगित भएको छ । प्रदेश सभाको बैठक सुरु भएलगत्तै नेकपा एमालेले बैठक अबरुद्ध गरेका हुन् ।
सभामुख पूर्णबहादुर घर्तीले बैठकको कारबाही सुरु गरेलगत्तै एमाले प्रदेश सभा सदस्यहरूले नाराबाजी गरेका थिए।
नेकपा एमालेले कारबाही गरेका प्रदेश सभा सदस्य अजय शाही र बिमला कुमारी खत्री वलीलाई पदमुक्त नगरेसम्म सदन चल्न नदिने एमालेकाे अडान छ ।
निर्धारित समयभन्दा करिब पाैने घण्टा ढिला सुरु भएको प्रदेश सभाकाे बैठक सुरु हुनासाथ एमाले प्रदेश सभा सदस्यहरूले टेबुल ठटाएर बिराेध गर्नुका साथै नाराबाजी गरेका थिए ।
प्रदेश सभाको अर्को बैठक आजै दिउँसो ३ बजेर १० मिनेटमा बस्ने सभामुख घर्तीले जानकारी गराए ।