बुटवल,३१ भदौ । बुटवलकाे कालिकानगरमा आज बिहान बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
बुटवलबाट भैरहवातर्फ जादै गरेको लु २ ख ७८९ नम्बरको बस सिद्वार्थ राजमार्गकाे बुटवल-भैरहवा सडक खण्ड अन्तर्गत बुटवलको कालिकानगर स्थित कालािका चोक नजिक अनियन्त्रित भएर दुर्घटना भएको हो ।
घाइतेहरुको बुटवल कालिकानगर स्थित चाैराह अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
दुर्घटनाको कारण थाहा नभए पनि सिमसिम पानी परिरहेकाेले चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
प्रत्यक्षदर्शीले भने तीव्र गतिका कारण दुर्घटना भएको बताएका छन् ।






