काठमाडौ,३० भदौ ।
नेपालमा बुधबार थप १ हजार ७६० जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १६ हजार ८४४ जनाकाे काेराेना परीक्षण गर्दा १ हजार ७६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
सोही अवधिमा थप १ हजार २२० जना काेराेना संक्रमित निकाे भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।
बुधबार पुष्टि भएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ४९५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको छ ।





