काठमाडौ,२९ भदौ । नेपालमा मंगलबार थप एक हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १४ हजार ४४३ जनाकाे कोरोना परीक्षण गर्दा एक हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पिसिआर विधिबाट १० हजार २६६ जना र एन्टिजेन बिधिबाट ४ हजार १७७ जनाको परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७९ हजार ४९२ पुगेको छ ।
त्यस्तै,पछिल्लो २४ घण्टामा थप एक हजार ५८९ संक्रमित निको भएका छन् भने १९ जना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ७ लाख ४२ हजार ३०६ जना संक्रमीत निकाे भएका छन् भने १० हजार ९८४ जना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २०२ जना रहेका छन् । जसमध्ये २४ हजार ६९० जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ५१२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४५३ जना आईसीयू र १३७ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।

यस्तै १० वर्ष मुनिका ३७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज कुन जिल्लामा कति जनामा संक्रमण ?

स्वास्थ्यत थता जनसंख्या मन्त्रालयका अनुसार मंगलबार सबैभन्दा धेरै काठमाडौंमा २९४, झापामा १२७, मोरङमा १११, कास्कीमा ७६, सुनसरीमा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै ललितपुरमा ६२, रुपन्देहीमा ५४, भक्तपुरमा ४८, चितवनमा २८, काभ्रेपलाञ्चोकमा २६ तथा जुम्ला र कैलालीमा २०/२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नवलपरासी पुर्वमा १५, मकवानपुर र दाङमा १४/१४ जना, नुवाकोटमा १३‍ , गोरखामा १२, बर्दियामा ११ र सुर्खेतमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।