बुटवल,२९ भदौ ।
भाेली भदाै ३० गते बुधबारका लागि बाेलाइएकाे लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ ।
प्रदेश सभाको बैठक यही भदौ ३१ गते बिहिबार दिनको १ः०० बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।
“मिति २०७८ साल भाद्र ३० गते बुधबार दिनको १ः०० बजे बस्ने गरी पूर्व सूचना अनुसार निर्धारित नवौं अधिवेशनको पाँचौं बैठक माननीय सभामुखज्यूको निर्देशानुसार मिति २०७८ साल भाद्र ३१ गते बिहिबार दिनको १ः०० बजे बस्ने गरी तय भएको व्यहोरा प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम माननीय सदस्यज्यूहरुको जानकारीको लागि अनुरोध छ ।”







