काठमाडौं,२८ भदौ ।

नेपालमा साेमबार थप १ हजार ४८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६ हजार ५३९ नमुना परीक्षण गर्दा १ हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१२ हजार ५३२ जनाको पीसीआर नमुना परीक्षण गर्दा १ सय १४९ जनामा र ४ हजार ७ जनाको एन्टिजेन नमुना परीक्षण गर्दा ३३७ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार २६० जना कोरोनाभाइरस संक्रमित निकाे भएका छन् भने १६ जना संक्रमितको मृत्यु भएको छ ।