दाङ,२८ भदौ । दाङको बबई नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती गाउँपालिका–८ पिपरी का १८ वर्षका आशिष चौधरी रहेका छन् ।

साथीसँग नदीमा पौडी खेल्ने क्रममा चौधरीलाई हिजो नदीले डुबाएको प्रहरीले जनाएको छ।

चौधरी गएको शुक्रवार दङ्गीशरणमा रहेको साथीको घरमा गएका थिए।