बुटवल,२७ भदौ ।
भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचारत मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।

मानव अधिकार तथा शान्ति समाजका सभापति गोविन्द खनालले पहाडीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको जानकारी दिए ।

पहाडी पूर्णरुपले स्वास्थ्य लाभ हासिल गर्न अझै केहीदिन लाग्ने उनले बताए । पहाडीमा नाकको हड्डी तथा पेटमा अल्सरको समस्या देखिएको थियो ।

पहाडीको उपचार प्रभावकारी ढंगले भैरहेको र छिट्टै स्वास्थ्य समस्या समाधान भै फर्किने खनालकाे बिश्वास छ ।

बिभिन्न स्वास्थ्य समस्याबाट ग्रसित भएपछि पहाडी एक सातादेखि दिल्लीमा उपचारत रहेका छन् ।