काठमाडौ,२७ भदौ ।
प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टलाई कारवाही नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

सांसद पाण्डे र भट्टले आफुहरूलाइ नेकपा एकीकृत समाजवादी पार्टीकाे पक्षमा सनाखत गराउन माग गर्दै दायर गरेको रिटमाथि आइतबार सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्काकाे इजलासमा प्रारम्भिक सुनुवाइ पछि सांसद पाण्डे र भट्टलाई तत्काल कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेकाे हो ।

अदालतले भदौ २९ गते दुवै पक्षलाई छलफलमा बोलाउन आदेश दिएको छ भने निर्वाचन आयोगमा नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

पाण्डे र भट्टले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । माधव नेपाल नेतृत्वको पार्टी दर्ताका लागी निवेदन दिँदा हस्ताक्षर नगरेका उनीहरुले सनाखत गर्न पछि निवेदन दिएका थिए । निर्वाचन आयोगले उनीहरुलाई सनाखत गराएको थिएन ।

समाजवादीमा सनाखत गर्न नपाउँदा सांसद पद गुम्ने भएपछि उनीहरु भदौ २३ मा अदालतमा पुगेका थिए । उनीहरुले रिटमा एकीकृत समाजवादीमा विवरण अद्यावधिक गराउन ब्यवस्था गर्न माग गरेका छन् ।