बुटवल,२७ भदौ । तीज गीत “चरी जेलैमा”बाट अपार सफलता पछि चर्चित लोकप्रिय गायिका बिष्णु माझीको नया गीत यथार्थको जिन्दगी´ सार्बजनिक भएको छ ।
प्रसाद डिजिटलले बजारमा ल्याएको यथार्थको जिन्दगी नामक गीतमा शिव सुबेदीको शब्द , प्रसाद लामिछानेको लय तथा संगीतमा बिक्रम परियार र बिष्णु माझीको आवाजमा सजिएको यो गीतले यथार्थको जिन्दगी बोलेको शब्द संकलक तथा सर्जक शिव सुबेदीले जानकारी दिए ।

मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको सो गीतमा कृष्ण भान्जाको एरेन्ज,सुमन रानाको रेकर्डिङ्ग,कुमार रानाको अडियो सम्पादन र खुमन रानाको स्टुडियो ब्यबस्थापन रहेको छ । बिष्णु माझीको “चरी जेलैमा”को अपार सफलता पछि दर्शकलाई तीज भन्दा बेग्लै परिवेशको स्वाद चखाउन जादुमय स्वरकी धनि बिष्णु माझी सो गीत मार्फत दर्शक सामु आएको सर्जक शिव सुबेदीले बताए । बिक्रम परियाको समेत स्वर रहेको गीतलाइ दर्शक ले सार्बजनिक भएकै दिनमा निक्कै रुचाएका छन् । तीजकाे रमाइलो पर्व बीच शुक्रबार सार्वजनिक गरिएको गीतमा शिव सुबेदीले मर्मस्पर्शी शब्दलाई कर्णप्रिय बनाउन बिष्णु माझी रोजेको बताए ।

बिनोद भण्डारीको निर्देशनमा तयार भएको गीतको आकर्षक भिडियोमा दिपक गिरीले क्यामेरा चलाएका छन् भने अमृत चापागाईंले सम्पादन गरेका हुन् । बेजोड अभिनयका धनिद्वय आशा खड्का र कमल अर्यालको मुख्य भूमिका रहेको म्युजिक भिडियोलाई प्रसाद लामिछानेको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो । जुन गीतकाे पब्लिसिटी डिजाइन जनता डिजिटलले गरेको हो ।