बुटवल,२३ भदौ । जनता समाजवादी पार्टी (जसपा) की नवनियुक्त प्रदेश सभा सदस्य निर्मला मुडभरिले पद तथा गोपनीयताको सपथ लिएकी छिन् ।
उनलेे बुधबार लुम्बिनी प्रदेशसभा सचिवालयमा एक कार्यक्रममा बीच सपथ ग्रहण गरेकी हुन् । उनलाई लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले सपथ ग्रहण गराएका हुन् ।

जसपाले पार्टीको ह्वीप उल्लंघन गरेको अभियोगमा प्रदेश सभा सदस्य कल्पना पाण्डे कारबाही गरेपछि उनको ठाउँमा मुडभरीलाई नोनत गरेको थियो ।