काठमाडौं,२३ भदौ । नेपालमा बुधबार थप १ हजार ६४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ७६७ पीसीआर परीक्षण गर्दा १ हजार ३४७ जना र ३ हजार ६८८ एन्टिजेन परीक्षण गर्दा २९३ गरी १ हजार ६४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७३ हजार ५२९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा भने २ हजार १६१ जना निको भएका छन् भने १० जना कोराेना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ७ लाख ३३ हजार १६१ जना काेराेना संक्रमित निकाे भएका छन् भने १० हजार ८८९ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४७९ जना रहेकाे छ । जसमध्ये २७ हजार ६९० जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ७८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४८८ जना आईसीयू र १४० जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।

१० वर्ष मुनिका २७ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्षम उमेर समूहका १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आज कुन जिल्लामा कति जनामा संक्रमण ?

स्वास्थ्य मन्त्रालयका अनुसारका सबैभन्दा धेरै काठमाडौंमा ३४९, ललितपुरमा १५०, मोरङमा १३८, कास्कीमा १३२, सुनसरीमा ७५ र झापामा ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भक्तपुरमा ६९, चितवनमा ५५, रुपन्देहीमा ५२, मकवानपुसरमा १९, नवलपरासी पुर्वमा १८, काभ्रेपलाञ्चोक र नुवाकोटमा ११/११ जना तथा धनकुटा र दाङमा १०/१० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जना‍एको छ ।