बुटवल,२२ भदौ । लुम्बिनी प्रदेशका मुख्यममन्त्री कुल प्रसाद केसीले सत्ता गठबन्धन दल नेपाली कांग्रेसको भागमा परेका मन्त्रालयहरुको जिम्मेवारी पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली चौधरीलाई दिएका छन् ।
मन्त्रीमण्डल विस्तारमा समय लागेपछि कांग्रेसको भागमा पर्ने अन्य तिन मन्त्रालय समेत मन्त्री चौधरीले नै हेर्ने गरि जिम्मेवारी प्रदान गरिएको हो ।
मुख्यमन्त्री केसीले मन्त्रिमण्डल विस्तार नहुँदा सम्मका लागि तीन मन्त्रालयको जिम्मेवारी आफुलाई प्रदान गरेको मन्त्री चौधरीले जानकारी दिए ।
उनका अनुसार उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय,वन वातावरण तथा भु–संरक्षण मन्त्रालय र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवार तत्कालका लागि चौधरीलाई प्रदान गरिएको हो । नेपाली कांग्रेसले एक राज्य मन्त्रीसहित चार जनालाई सरकारमा पठाउने तयारी गरेको छ ।







